जेन-जी आन्दोलनमा भएको दमन छानविन हुने
सरकारले जेन-जी आन्दोलनको क्रममा राज्यद्वारा भएको बल प्रयोगको घटनालाई निष्पक्ष छानविन गर्ने भएको छ ।
नवनियुक्त गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले आज सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै कर्मचारीहरुलाई निर्देशन दिनेक्रममा सो कुरा बताउनुभएको हो । आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभुति दिलाउन पनि सरकारले घटनाको निष्पक्ष छानविनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
जेन-जी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै मन्त्री अर्यालले त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने प्रतिवद्दतासमेत जनाउनुभएको छ ।
टिप्पणीहरू