‘बुँझो’ हाल्दा ‘खुँडा’ खाने ?

‘बुँझो’ हाल्दा ‘खुँडा’ खाने ?

पहिले ‘राजा फर्काउने’ भन्दै भीडले एअरपोर्टको सडक जाम गर्‍यो। २०८१ साल चैत १५ गते तीनकुनेमा विध्वंस गराइयो। २०८२ साल जेठ १५ गते रत्नपार्कमा ‘भाँडभैलो’ मच्चाइयो। नेपालको राजनीतिक इतिहासमा त्यस्ता खालका उत्तेजक धेरै ठूला जुलुस, धर्ना र विरोध सभा भइसकेका छन्। कुनै भीड र जुलुसले मात्र राज्य सत्ता परिवर्तन गर्न सक्दैन भन्ने मान्यता सुशीला कार्कीको सिंहदरबार प्रवेशले खण्डित गर्‍यो। भीडले निर्वाचित सरकार परिवर्तन गरिदियो।

२०६४ सालमा माधव नेपाल दुई ठाउँबाट निर्वाचनमा पराजय भएपछि उनलाई मनोनित सांसद बनाइयो। २०६५ सालपछि उनै नेता नेपाल प्रधानमन्त्री भए। त्यसपछि माओवादीले काठमाडौं बाहिरबाट लाखौँ मानिस ल्याएर सिंहदरबार चारैतर्फ घेर्‍यो। सात दिनसम्म सडकमा नै बस्यो। दिनरात सडकमै सुते। तर पनि माधव नेपालको सरकार हल्लिएन। सात दिनपछि जुलुस ल्याउने माओवादी आन्दोलनको सीमा समाप्त भयो। उनीहरू आफैं हार खाएर सडकबाट साइड लागे।

शान्तिपूर्ण जुलुसको भाषा नसुन्ने गरी सत्ताको कान त्यतिबेलादेखि नै ‘बोझो’ भइसकेको थियो। आन्दोलनको नारामा सडकमा आएर अराजक र हिंस्रक प्रदर्शन गरेपछि मात्र सुन्ने र त्यसपछि भने जस्तोसुकै माग पूरा गर्ने शैलीले राज्य व्यवस्था ध्वस्त बन्दै गयो। आन्दोलन र विरोधको सीमा हुन्छ। सीमा नाघेपछि सबैको शक्ति समाप्त हुन्छ।

सडक ‘आन्दोलन’ ले जे पनि माग पूरा हुन्छ भन्ने ‘भ्रमपूर्ण, भेँडो र अराजक सोच’ को विकास भएकै कारण ‘शिक्षक’ सडकमा आए, हिंसामा उत्रिए। डाक्टर आए। जेन–जीको नाममा भएको हिंसा, लुटपाट, चोरी, आगजनी र अनेकौँ अपराधमा अपराधीले नै उल्टो प्रहरीका वर्दी र बन्दुकमा टिकटक बनाएर नाचिरहेका छन्। पहिले तीनकुनेको राजावादीको ‘अराजक लुटपाट’ पनि त्यस्तै सीमाहीन भयो।

सडक ‘आन्दोलन’ ले जे पनि माग पूरा हुन्छ भन्ने ‘भ्रमपूर्ण, भेँडो र अराजक सोच’ को विकास भएकै कारण ‘शिक्षक’ सडकमा आए, हिंसामा उत्रिए। डाक्टर आए। जेन–जीको नाममा भएको हिंसा, लुटपाट, चोरी, आगजनी र अनेकौँ अपराधमा अपराधीले नै उल्टो प्रहरीका वर्दी र बन्दुकमा टिकटक बनाएर नाचिरहेका छन्। पहिले तीनकुनेको राजावादीको ‘अराजक लुटपाट’ पनि त्यस्तै सीमाहीन भयो।

विगतमा सहकारी र विभिन्न खालका ठग–अपराधी नै सडक र सामाजिक सञ्जालको दुरुपयोगको बलमा राजनीतिक नेतृत्वमा आएर ‘नेता’ बन्न खोजिरहेका छन्। जनताले लोकतान्त्रिक–गणतान्त्रिक प्रणालीमार्फत राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक स्वतन्त्रता तथा अधिकार स्थापना गर्न ल्याएको प्रणालीमा पलाएका ‘मकैका कालो पोके’ जस्ता विषवृक्षले प्रणालीलाई प्रदूषित पार्दैछन्। ठग र अपराधीहरूले नागरिक नियन्त्रणमा रहेको गणतन्त्रलाई ‘चोरको व्यवस्था’ जस्तो बनाउन खोजे। यस्तो हुनुमा सत्ता सञ्चालकले शान्तिपूर्ण नागरिक अवज्ञाको भाषा नबुझ्नु, नागरिक प्रतिरोध नबुझ्नु नै प्रमुख कारण हो।

लोकतन्त्रमा बोल्न र विरोध गर्न पाइन्छ। तर त्यसको पनि सीमा हुन्छ। सीमा नाघेर बोल्ने अधिकार कसैलाई छैन। व्यवस्थामा सुधार र आवश्यक परिवर्तनको माग गर्न सकिन्छ, त्यो जरुरी छ। तर एउटा सीमा हुन्छ। जेन–जीको नाममा भएका लुटपाट र चोरीले त्यो सीमा तोड्यो।

अमेरिकामापनि संघीय गणतन्त्रको विरोध गर्न पाइँदैन। भारतमा गणतन्त्र, संविधान र भारतीय लोकतन्त्रको विरोध गर्नेले बन्दुक बोकेर मैदानमा उत्रनु पर्छ। नक्सलाइट, माओवादी र अतिवादी त्यस्ता समूहले बन्दुकको आन्दोलन गर्दै आएका भए पनि अहिलेसम्म एउटा जिल्लापनि कब्जा गर्न सकेका छैनन्। खरानी हुने मात्र हो। एउटा पनि निर्वाचन रोक्न सकेका छैनन्।

चीनमा जनवादी गणतन्त्रको विरोधमा उत्रिएका विद्यार्थीलाई सन् १९८९ मा बेइजिङको तेयानमेन स्क्वायरमा डोजर लगाएर मारियो। नेपालको लोकतन्त्रले विरोध गर्न बढी नै छुट दिएको छ। आन्दोलन भनेपछि जुनसुकै अपराध, तोडफोड र लुटपाट गर्न पाइन्छ भन्ने सोचियो। लोकतन्त्रमा बोल्न पाइन्छ भन्नुको अर्थ जतिपनि सीमा नाघेर गणतन्त्र विरुद्ध बोल्न र हर्कत गर्न पाइन्छ भन्ने ठानियो।

नेपालको लोकतन्त्रले विरोध गर्न बढी नै छुट दिएको छ। आन्दोलन भनेपछि जुनसुकै अपराध, तोडफोड र लुटपाट गर्न पाइन्छ भन्ने सोचियो। लोकतन्त्रमा बोल्न पाइन्छ भन्नुको अर्थ जतिपनि सीमा नाघेर गणतन्त्र विरुद्ध बोल्न र हर्कत गर्न पाइन्छ भन्ने ठानियो।

सामाजिक सञ्जालको दुरुपयोग अति धेरै बढेको छ— किराना पसलका सामान बोक्नु, निजी सम्पत्ति फोड्नु र लुट्नु युवाको अधिकार हो भन्ने जस्तो गरियो। समाजमा गलत भ्रम, कूप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैल्याएर निहित स्वार्थ सिद्ध गर्ने तत्व बढेका देखिन्छन्।

बैँकको अरबौँ रकम नतिर्न र बजारको करोडौँ ठगी खानका लागि सञ्चारमाध्यमको दुरुपयोग गरी ‘राजा ल्याउने’ हावाकुरा गरियो। ‘आन्दोलनकारी’ कसैले पठाएका ‘प्रिपेड’ वा ‘पोस्टपेड’ जस्ता देखिन्छन्। आफूलाई देशको स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नागरिक होइन, पराधीन, नोकर, ‘दास र रैती नागरिक बनाइदेऊ’ भन्दै ‘राजा ल्याउने’ कुरा गर्नेहरूले नै सिंहदरबारमा आगो लगाए।

गणतन्त्र बदनाम र धमिलो बनाएर अपराधीले सत्ता कब्जा गर्न खोजे। आफू पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाउँदै ‘ठूलो बन्ने’ प्रवृत्तिले लोकतन्त्रलाई बदनाम गर्‍यो। आगजनी र लुटपाटमा पञ्चायतमा गणाएका, भ्रष्ट, ठग, लुटेरा, रविका भक्त र अपराधीहरूको बाहुल्यता देखिन्थ्यो। केवल आफूलाई छोप्न र ढाक्न तिनीहरू जेन–जीभित्र छिरे।

उता शीतलनिवासमा राष्ट्रपति ‘जुक्ति’ निकाल्दैछन्। भूराजनीतिमा हेर्ने हो भने लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हो भन्ने इतिहासले पुष्टि गर्दै आएको छ। सामाजिक न्यायमा आधारित लोकतन्त्र आजको अपरिहार्य आवश्यकता र प्रणाली हो। लोकतन्त्रमा जनता र नागरिकका चाहना तीव्र रूपमा प्रकट हुन्छन्। लोकतन्त्रमा मात्र नागरिकले पाइलापाइलामा प्रश्न गर्न सक्छन्। लोकतन्त्रमा मात्र नेताले जनतालाई जवाफ दिनुपर्छ। राजतन्त्रमा कसैले जवाफ दिनु पर्दैन। भीडतन्त्रमा अराजक भीडको मात्रै सुन्निन्छ। नेपाल पनि भीडतन्त्रतर्फ गयो।

राजनीतिक विचार, सिद्धान्त, दर्शन, मूल्य, मान्यता, लोकतान्त्रिक अभ्यास र संस्कृतिको कुरा गर्नेले ‘खुँडा’ भेट्ने जमाना आयो। राजनीतिक विषयमा बोल्ने र विरोध गर्न पाउने अधिकार लोकतन्त्रमा मात्र हुन्छ भन्ने कुरा जेन–जीले बुझेनन्। लोकतन्त्रमा प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा शान्तिपूर्वक बोल्ने, माग गर्ने र आवाज उठाउने हक एवम् अधिकार हुन्छ। तर आफ्ना आवाज उठाउने र माग गर्ने नाममा देशका ठग, राजस्वमारा र अपराधीहरूले नै चर्का कुरा गर्दा लोकतन्त्रमा सामान्य नागरिक भ्रममा परे।

राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्ने, आफूलाई मन नपरेको जो–कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर भ्रष्टाचारी, लुटेरा आदिजस्ता आरोप–आक्षेप लगाउने संस्कृतिको वृद्धि जेन–जीको नाममा भयो। अब विचारको, मूल्यको र विश्वव्यापी अभ्यासको होइन, भीडको ‘भेँडो तर्क’ सुन्नुपर्ने अवस्था देखियो।

सामाजिक सञ्जालको दुरुपयोग अति धेरै बढेको छ— किराना पसलका सामान बोक्नु, निजी सम्पत्ति फोड्नु र लुट्नु युवाको अधिकार हो भन्ने जस्तो गरियो। समाजमा गलत भ्रम, कूप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैल्याएर निहित स्वार्थ सिद्ध गर्ने तत्व बढेका देखिन्छन्।

अनिर्वाचितलाई ‘सत्ताको चाबी’ दिनुपर्ने अवस्था किन आयो? लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त राजनीतिक स्वतन्त्रतालाई अझ बढी पारदर्शी, जनपक्षीय र उत्तरदायी बनाउनुपर्नेमा विगतका सत्ताधारीहरूले कानमा ‘बुँझो’ लगाएर बस्ने सोचले भीडको शासन ल्यायो।

समाजलाई अगाडि बढाउने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो। राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त बनाउन पाए ‘राजा आउँछ’ कि भन्ने भ्रम प्रतिगामीलाई अझै छ।

यस्तो अवस्था र स्थिति किन र कसरी आयो? यसमा दोषी को–को हुन्? अब के गर्नुपर्छ? यस्ता अनेकौँ सवाल छन्। सत्ता र पार्टीको चाबी बोकेका नेताले लोकतान्त्रिक नागरिकको शान्तिपूर्ण आवाजलाई नसुनी कानमा ‘बुँझो’ लगाएर निस्पन्द बनेकाकारण मुलुकमा ‘खुँडा’ हान्ने अवस्थाको भीडतन्त्र आयो। अब पनि नचेत्ने हो भने खुँडाको ‘रक्तपात’ हुने संकेत देखिन्छ।

टिप्पणीहरू