प्रहरी वृत्त पुनःनिर्माणमा चन्दा संकलन

प्रहरी वृत्त पुनःनिर्माणमा चन्दा संकलन

जेन–जी आन्दोलनको नाममा भएको आगजनीबाट ध्वस्त काठमाडौंस्थित महाराजगञ्ज प्रहरी वृत्त पुनःनिर्माण थालिएको छ । यसका लागि स्थानीय सरोज विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय पुनःनिर्माण समिति गठन गरिएको छ । 

समिति उपसंयोजक विनोद केसी, सदस्य–सचिव इन्स्पेक्टर सुदर्शन पन्थी, सचिव राम विश्वकर्मा छन्। यस्तै, सदस्यहरूमा दिपु सुनुवार, रमेश विश्वकर्मा, गंमीर केसी, रोमन पराजुल, सचिन विश्वकर्मा र प्रविन विश्वकर्मालाई राखिएको छ ।

११ करोड रुपैयाँमा लागतमा छ वर्षअघि निर्मित प्रहरी वृत्त महाराजगञ्जको अत्याधुनिक भवन भदौ २४ गतेको हिंसात्मक आन्दोलनमा ध्वस्त भएको छ । आन्दोलनकारीको आक्रमणमा वृत्तमा कार्यरत दुई प्रहरीको ज्यान गएको थियो।

पुनःनिर्माण समितिले आवश्यक रकम चन्दा संकलनमार्फत जुटाउने र खर्चलाई अनुमोदन गर्ने निर्णय गरेको छ। क्षतिग्रस्त भवनको अवलोकन गर्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हिजो त्यहाँ पुग्नुभएको थियो ।

टिप्पणीहरू