धरानको भाटभटेनीमा चार जनाको शव
आगो झोसेर ध्वस्त बनाइएको धरानको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव भेटिएको छ । जेन जी युवाहरुले आयोजना गरेको आन्दोलनको क्रममा मंगलबार लुटपाट गर्दै आगो लगाइएको थियो ।
सोही क्रममा भवनभित्र फसेका चार जनाको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त भवनमा लगाइएको आगो अझै पूर्ण रुपले निभेको छैन । भवनको दोस्रो तलामा एक जना र तेस्रो तलामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पूर्ण रुपले जलेका कारण पहिचान गर्न कठिनाइ भएको बताइन्छ ।
टिप्पणीहरू