शीतल निवाससामु कुलमान पक्षको स्वर
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउन माग गर्दै जेन-जी आन्दोलनकारीको एक समूहले नाराबाजी गरेको छ ।
जेन-जीकै अर्को समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारीसहित राष्ट्रपति र सेना प्रमुखसँग वार्ता गरिरहेका बेला आज अपराह्न शीतल निवास अगाडि कुलमानको पक्षमा नारा घन्किएको हो ।
एक दर्जनको संख्यामा रहेका युवाहरूले 'कुलमान घिसिङ जिन्दावाद' भन्दै शीतल निवासतर्फ औंलो ठड्याएका छन् ।
टिप्पणीहरू