को हुन् ‘जेन जी’ आन्दोलन चलाउने गुरुङ्ग ?

को हुन् ‘जेन जी’ आन्दोलन चलाउने गुरुङ्ग ?

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ ले भदौ २३ र २४ गते गरेको आन्दोलनले अर्कै मोड लियो । शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्यो भने २७ घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए । आन्दोलनको छोटो समयमै प्रधानमन्त्रीको राजीनामा गराउन सफल भएपछि अहिले अगुवाको खोजी भइरहेको छ । 

हिजो दिउँसोदेखि एक व्यक्ति एकदमै चर्चामा छन् । उनी हुन्–सुदन गुरुङ्ग । ‘हामी नेपाल’ भन्ने गैरसरकारी संस्थाका अध्यक्ष उनले हिजो पत्रकार सम्मेलन गर्दै ‘कसैलाई पनि नछोड्ने’ बताएका छन् । अस्ति ‘जेन जी’ आन्दोलनको क्रममा ज्यान गुमाएका युवालाई गोली हान्नेहरुलाई जहाँ गए पनि थुतेरै ल्याउने घोषणा उनको छ । 

प्राप्त जानकारीअनुसार उनको सो संस्था सन् २०२० मा दर्ता भएको छ । दर्ता नम्बर ६०९७८९०६५ भएको सो संस्थाको मुख्य दाताहरुमा डा.सन्दुक रुइत,दिपक भट्टको इन्फिनिटी होल्डिङ्ग, उपेन्द्र हिरावत,सुलभ अग्रवाल र साहिल अग्रवालको शंकर ग्रुप रहेको छ । उक्त संस्थाको जम्मा पूँजी २९ करोड ५१ लाख रुपैयाँ रहेकोमा १९ करोड ११ लाख खर्च भइसकेको छ । हाल संस्थासँग १० करोड ४० लाख रुपैयाँ बाँकी देखाइएको छ । सँस्थालाई चीनविरुध्द तिब्बती शरणार्थीहरुले चलाएको students for a free tibet नामक एनजिओले समेत आर्थिक सहयोग उपलब्ध गराएको पाइएको छ ।

 

टिप्पणीहरू