रविसहित सबै कैदीले नख्खु जेल फर्कनुपर्ने
अस्ति मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासनले यथाशीघ्र फर्कन भनेको छ।
कारागार प्रशासनको सूचनाअनुसार अब सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरू बाँकी कैद भुक्तानको निम्ति फर्कनुपर्ने छ ।
नख्खु कारागारका सूचना अधिकारीले आजै यससम्बन्धी सूचना निकालेका हुन् ।
उक्त सूचनामार्फत नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको छ।
उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने ब्यहोरा उल्लेख छ ।
‘विधि,कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनमा आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्नमा सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’,कारागार प्रशासनको भनाइ छ ।
यो पनि. ...रविको फोटो टाँसेर लेखियो- ‘कैदी भागेकाे सूचना’

टिप्पणीहरू