रविसँगै भागेका डेढ सयबढी कैदी पक्राउ
विभिन्न कारागारबाट भागेका डेढ सय कैदीहरु सिन्धुलीमा पक्राउ परेका छन् । काठमाडौँका नख्खु, सुन्धारा कारागारसहित विभिन्न जिल्लाका कारगारबाट अस्ति भागेका कैदीहरुलाई नेपाली सेना र प्रहरीले सिन्धुलीका विभ्रिन्न ठाउँबाट समातेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिलेसम्म १६७ कैदीलाई नियन्त्रणमा लिइएको छ । स्थानीयको सहयोगमा थप कैदीहरुको खोजी भइरहेको छ ।
मंगलबार युवाहरुले विध्वंशकारी आन्दोलन चर्काएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सयौँ कैदीहरु नख्खु कारागारबाट निस्किएका थिए । त्यहाँबाट निस्किएका कैदीहरुले सोही रात सुन्धारा कारागारमा आगो लगाएका थिए ।
प्रहरीले नागरिकलाई आफ्नो समाज र घर वरपर अपरिचित मान्छे देखिएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।
टिप्पणीहरू