ह्वाइट गुम्बामा निशा र मुकुलको कफी सल्लाह

ह्वाइट गुम्बामा निशा र मुकुलको कफी सल्लाह

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगी र निष्कासित महामन्त्री मुकुल ढकालबीच भेटवार्ता भएको छ । दुई जना हिजो साँझ स्वयम्भूको ह्वाइट गुम्बानजिक एक रेष्टुरेण्टमा भेटिएका हुन् ।

पछिल्लो समय मुकुलसँग पार्टीका नेताहरु टाढा भएको चर्चा चलिरहेको बेला निशा भने निकट नै रहेको बताइन्छ । हिजोकाे भेटलाई निशाले ‘व्यक्तिगत वार्ता’ भनेकी छन् । उनका अनुसार मुकुलले बौद्ध क्षेत्रमा नयाँ व्यवसाय (मेडिकल) शुरु गर्ने योजना बनाइरहेका छन् । ‘एक जनाको मेडिकल किन्न लाग्नुभएको रहेछ, बेच्ने मान्छे पनि मैले चिनेको नै हो’, निशाले भेटको अन्तर्यबारे भनिन्, ‘म पनि त्यतै बस्ने भएकाले मेडिकल के कसरी शुरु गर्ने भनेर छलफल गर्न भेटेका हौँ ।’

‘राज्य व्यवस्था समितिमा दाग लागेको मान्छेलाई फेरि संसदीय सुनुवाई समितिमा लगेछन्’, मुकुलको भनाई उद्धृत गर्दै उनले सुनाइन्, ‘के गर्या होला है कांग्रेसले !’

निशाले आधा घण्टा मात्र कुराकानी भएको पनि बताइन्, ‘यसलाई कफी गफ भन्दा हुन्छ ।’

भेटमा पार्टी (रास्वपा)बारे कुनै कुराकानी नभएको उनैको दावी छ । बरु मुकुलले सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको कुरा उप्काएका थिए । ‘राज्य व्यवस्था समितिमा दाग लागेको मान्छेलाई फेरि संसदीय सुनुवाई समितिमा लगेछन्’, मुकुलको भनाई उद्धृत गर्दै उनले सुनाइन्, ‘के गर्या होला है कांग्रेसले !’

पूर्व सहकर्मीसमेत रहेका मुकुल र निशाको सम्बन्धलाई लिएर लामो समयदेखि विभिन्न टिकाटिप्णी हुँदै आएको छ । उनीहरूकाे निकटतालाई पार्टीकाे नेतृत्वपंक्तिले समेत खासै नरूचाएकाे बताइन्छ । 

टिप्पणीहरू