चीनमा बाल हेरचाह भत्तासँगै पूर्व प्राथमिक शिक्षा निःशुल्क
चीनले परिवारको आर्थिक बोझ कम गर्न यो वर्षदेखि बाल हेरचाह भत्ता र निःशुल्क पूर्वप्राथमिक शिक्षा नीति लागू गरेको छ । जसमा तीन वर्षमुनिका प्रत्येक बालबालिकाका लागि परिवारलाई वार्षिक तीन हजार ६०० युआन झण्डै ७२ हजार नेपाली रुपैयाँ उपलब्ध गराइने छ ।
सिचुआन प्रान्तकी एकजना आमा वेन सिङइङ भन्छिन्, ‘मासिक तीन सय युआनको भत्ता निकै उपयोगी ठानेको छु ।’ योसँगै, किंडरगार्टनको अन्तिम वर्ष निःशुल्क हुने भएकाले करिब एक करोड २० लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ ।
आनहुइकी झाउ यानका अनुसार, ‘दुई सत्रमा कुल चार हजार दुई सय युआन बच्यो, आर्थिक बोझ धेरै कम भएको छ ।’ पछिल्लो नीति कार्यान्वयनका लागि सरकारले शिक्षा विभाग र वित्तीय निकायमार्फत आवश्यक अनुदान उपलब्ध गराउने तयारी थालेको छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू