प्रहरीमा ‘फिसिङ इमेल’ आतंक

प्रहरीमा ‘फिसिङ इमेल’ आतंक

‘फिसिङ इमेल’ मार्फत प्रहरीका गोप्य सूचना वा क्रियाकलापमा पहुँच पुर्याउन खोजिएपछि नेपाल प्रहरी प्रधान कार्यालयले सचेत गराएको छ । सूचना प्रविधि निर्देशनालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै त्यस्ता इमेल प्राप्त भएमा नखोली डिलिट गर्न निर्देशन समेत दिएको छ । 

प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको अन्वेषण तथा योजना शाखाको इमेलबाट ‘महत्त्वपूर्ण सूचना कृपया संलग्न कागजातको समीक्षा हेल्प डेस्क सपोर्ट टिम र नोटिस अफ गभरमेन्ट इस्युस्ड कम्पन्शेशन’ विषयक भनी आउने इमेल नखोली डिलिट गर्न भनिएको छ । 

साथै, कुनै द्विविधा भएमा हेडक्वार्टरअन्तर्गतको सूचना प्रविधि निर्देशनालयमा सम्पर्कका निम्ति अनुरोध गरिएको छ । ‘फिसिङ इमेल’ मार्फत दुई व्यक्ति वा समूहबीच इमेलबाट हुने कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी राख्नुका साथै रकम ठगी गर्ने गरिन्छ ।
 

टिप्पणीहरू