यहीबेला सीमा नाका किन खुकुलो ?
घर जाने बेला अहिलेका आइजिपी दीपक थापा अस्वाभाविक बाटोमा लागे भन्दै गृहमन्त्री रमेश लेखकले सचिवहरूसँगको छलफलमा गुनासो पोखेको पाइएको छ । भदौ १८ गते पदावधि समाप्त भई घर जाने तयारीमा रहेका उनले बुढानीलकण्ठमार्फत दबाब बढाएर कार्यकाल बढाउन खोजेको चन्दने बिचौलिया थाहा पाएपछि गृहमन्त्रीले सो कुरा बताएको दाबी स्रोतको छ । रामचन्द्र भट्टसँग मिली थप ३ वर्ष पदावहाली हुने प्रावधान थप्न प्रयास गरेको बताइन्छ । यसले गर्दा १९ गतेदेखि आइजिपीको एकमात्र दावेदार चन्द्रकुबेर खापुङ रिङबाट आउट हुने खतरा रहन्छ । राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडाले निजामतीको कुलिङ अफ पिरियडमा जस्तै प्रहरी ऐनमा पनि सो बुँदा थप्न खोजेको संसदका महासचिवको आरोप छ ।
अहिले मधेश प्रदेशमा राष्ट्रिय अनुसन्धान पृष्ठभूमिका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई किन तानियो र सीमा नाका खुकुलो बनाइयो– धेरै कुरा खुल्न बाँकी नै छ । त्यसो त गृहसचिव गोकर्णमणि दुवाडी पनि मुख्य सचिव हुनका लागि जे गर्न पनि अघि सर्ने र प्रधानमन्त्री ओलीको निजी सचिवालयका सदस्य दिपेन्द्र दाहालको प्रभावमा पर्न सक्ने खतरा उत्तिकै रहेको बताइन्छ ।
टिप्पणीहरू