आधा करोडको सञ्चार उपकरण बरामद

आधा करोडको सञ्चार उपकरण बरामद

महोत्तरीमा झण्डै ५० लाखको सञ्चार सामग्री बरामद गरिएको छ । बर्दिबास नगरपालिका–९, रातु खोलास्थित बगर ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपालको टोलीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको जनाइएको छ ।

मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरको ई–रिक्सामा लोड गरिएको तर बिल बिजक नभएको आठ वटा सञ्चार उपकरण नियन्त्रणमा लिइएको छ । 

सशस्त्रको सुरक्षा बेश भंगाहा र पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । बरामद सामान र रिक्सालाई आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय, जलेश्वरमा बुझाइएको छ ।

टिप्पणीहरू