निकिताले दायर गरेको अर्को मुद्दामा कैफियत प्रतिवेदन माग

निकिताले दायर गरेको अर्को मुद्दामा कैफियत प्रतिवेदन माग

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुरले कैफियत प्रतिवेदन माग गरेको छ ।

जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै लामिछानेले दायर गरेको रिट निवेदनमाथि आज बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाइ भएको थियो । सोही क्रममा अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि थुनामा छन् । आफ्नो भागको बिगो रकम तिरेर रिहाइको माग गर्दै उनले यसअघि जिल्ला अदालतमा निवेदन दिएका थिए, तर अदालतले अस्वीकार गरेको थियो ।

सो निर्णयविरुद्ध लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले उच्च अदालतमा अस्ति रिट निवेदन दायर गरेकी थिइन् ।


 

टिप्पणीहरू