उता भाउ बढेपछि चिनियाँ किम्चीको माग उच्च
चीनमा अन्य खाद्य उद्योगझैँ किम्ची उद्योग पनि फस्टाउँदै गएको छ । पछिल्ला तथ्याङ्कले यस उद्योगको सफलता आंशिक रूपमा विश्वका विभिन्न मुलुक र क्षेत्रका मानिसको स्वाद अनुसारको उत्पादनसँग सम्बन्धित देखिन थालेको छ ।
विश्वमा चीनको कुल किम्ची निर्यातको ८० प्रतिशत शान्दोङ प्रान्तबाट हुने गरेको छ । बन्दाकोभीबाट बन्ने यहाँको अधिकांश किम्ची दक्षिण कोरियामा हुने गरेको छ ।
छिङ्ताओ फुयुआनहङ फुड कम्पनी, लिमिटेडको व्यापार विभाग प्रमुख ली शाशा भन्छिन्, ‘हामीले एक दशकभन्दा अघिदेखि दक्षिण कोरियाली बजारको मागबमोजिम आपूर्ति गर्दै आएका छौँ । यो क्रम अहिले झन् बढेको छ । हामीसँग नयाँ ग्राहकहरू पनि जोडिएका छन् । सोही कारण गत वर्षको तुलनामा दक्षिण कोरियामा किम्ची निर्यात १० प्रतिशतले बढेको छ ।
अर्को खाद्य कम्पनीका बिक्री निर्देशकका अनुसार उनको कम्पनीका अधिकांका उत्पादनको माग युरोपका विभिन्न बजारमा बढेको छ । स्थानीय स्वाद अनुसार कम्पनीले युरोपका लागि बनाइने किम्चीमा लसुन, चिङ्ग्री माछाको पेस्ट र माछाको ससको मात्रा घटाएकाले किम्चीको माग बढेको उनको भनाई छ ।
छिङ्ताओ नोंगयी फुड कम्पनी, लिमिटेडका बिक्री निर्देशक ली पिङ भन्छन्, ‘हाम्रो निर्यात गन्तव्यको हिसाबले दक्षिण कोरिया कुल बजारको करिब ६० प्रतिशत देखिन्छ । गत वर्ष हामीले युरोप र जापानी बजारमा पनि हाम्रा उत्पादनलाई विस्तार गर्यौं । अहिले त्यहाँबाट धमाधम माग हुन थालेको छ ।
किम्ची विशेषगरी कोरियाली भोजनको दैनिक हिस्सा हो । कोरियामा यो वर्ष यसको मूल्य बढेकाले चिनियाँ उत्पादनको माग ह्वात्तै बढेको बताइन्छ । दक्षिण कोरियाली सञ्चारमाध्यमहरुका अनुसार चालु वर्षको पहिलो त्रैमासमा असामान्य मौसम र कोरियाली मुद्रा वोनको भाउ अमेरिकी डलरको तुलनामा घटेकाले किम्चीको निम्ति विशेष बन्दाकोभी नेपा क्याबेजको मूल्य बढेको हो । सोही कारण कोरियाली किम्चीको भाउ अचाक्ली बढेपछि चिनियाँ उत्पादनको मागमा बढोत्तरी आएको हो ।
स्रोत : सिसिटिभी प्लस
टिप्पणीहरू