भर्खंरै प्रबन्धमा आएका जर्नेलमाथि छानबिन हुँदै

भर्खंरै प्रबन्धमा आएका जर्नेलमाथि छानबिन हुँदै

सरुवा रोकेर लामो समय मालदार विभागमा बसेका एक सैनिक अधिकृतमाथि छानबिन हुने भएको छ । गत हप्ता सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट प्रबन्धरथी विभागमा ल्याइएका प्रकाश देउजामाथि छानबिन गर्न लागिएको हो । उनीमाथि सम्भाररथी विभागमा हुँदा ठूलो चलखेल गरेको आरोप छ । 

पूर्वी पृतनामा सरुवा भएर पनि सम्भारमै रहने व्यवस्था मिलाएका उनी अवकाशमा जान अब तीन महिना मात्र बाँकी छ । घर जाने बेला उनीमाथि जंगी अड्डाले विशेष छानबिन गर्न थालेको सैनिक स्रोत बताउँछ । २०८० फागुनमा उनीसहित सहायक रथी अनुपजङ्ग थापा र सुनिल श्रेष्ठलाई बढुवा गरिएको थियो । त्यसवेला पनि सम्भारमै रहेका देउजालाई पूर्वी पृतना पठाउने निर्णय भएकोमा उता पोस्टिङ्ग मिलाएर यतै बसेका थिए । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पावर लगाएर उनले सरुवा रोकाको स्रोतले बतायो । प्रचण्डको एडीसी बसिसकेका पवन खत्री र देउजा मामा–फुपूका छोराहरू हुन् । दुवैको घर भक्तपुरको नलिञ्चोकमा रहेको छ । उनी पूर्वी पृतना जाने कन्फर्म भइसकेकोमा खत्रीले प्रचण्डमार्फत तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई दबाब दिएर सरुवा रोकेका थिए । प्रचण्ड प्रधानमन्त्री हुञ्जेल सम्भारमै रहेका उनलाई प्रभुरामले प्रचण्ड बाहिरिएलगत्तै सुदूरपश्चिम पठाइदिए । ‘प्रचण्डको वरदान रहुञ्जेल सम्भारमै बसिरहें । प्रचण्ड निस्किएलगत्तै सुदूरपश्चिम पठाइएका उनलाई रिटायर हुन तीन महिना बाँकी हुँदा प्रबन्धमा ल्याइएको छ । उनी घर जानुअगावै सेनाले ठूलै छानबिन गर्न लागेको छ । सम्भारमा हुँदा अनियमितता गरेको आरोप छ’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू