गुमनाम गायिकाले ल्याइन् नयाँ तीज गीत

गुमनाम गायिकाले ल्याइन् नयाँ तीज गीत

गुमनाम गायिका भनेर चिनिएकी विष्णु माझीको श्वरमा नयाँ तीज गीत बजारमा आएको छ । ‘म त नराउरी’ बोलको गीत आज सपना म्युजिक इन्ड्रस्टिज नामक युटब च्यानलबाट सार्वजनिक गरिएको हो । 

गायिका माझी मौलिक शब्द,संगीतका लागि प्रख्यात मानिन्छिन् । पछिल्लो समय भाइरल र कनट्रोभर्सीको लागि छाडा शब्दको प्रयोग बढिरहेको बेला उनका सबैजसो गीतमा मौलिकता झल्किने गरेको छ । 

त्यसैलाई निरन्तरता दिँदै माझीले यो वर्ष पनि नयाँ तीज गीत ल्याएकी हुन् । यो गीतको मेलोडी भने औसत नै रहेको प्रतिक्रियाहरू आइरहेका छन् । 

माझीका श्रीमानसमेत रहेका सुन्दरमणि अधिकारीले गीतमा शब्द र संगीतको संयोजन गरेका हुन् । भिडियोमा ललिता पौडेल फिर्चड छिन् । 

माझीको गत वर्ष (०८१) ‘आइन आमा यो तीजमा’ र ०८० मा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भएका थिए । दुवै गीतले राम्रो चर्चा बटुलेका थिए ।

टिप्पणीहरू