मल अभाव अन्त्य गर्न फेरि छलफल गर्ने सहमति

मल अभाव अन्त्य गर्न फेरि छलफल गर्ने सहमति

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि उनको यस्तो भनाइ आएको हो । रासयनिक मलको अभाव अन्त्य गर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग कुराकानी भएको तर निष्कर्ष निकाल्न नसकेको मन्त्री अधिकारीले जानकारी दिए । 

आगामी शुक्रबार पुन: बस्ने सहमतिका साथ बैठकबाट बाहिरिएको उनले बताए । मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राखेको उनको भनाइ छ । 

‘रासयनिक मलका सन्दर्भमा छलफल भयो । छलफलको निष्कर्ष आज निस्किन सकेन । हामी तीन दिनमा फेरि बस्ने शुक्रवार बस्ने भन्ने सहमतिका साथ बाहिरिएका छौँ । तीन दिनपछि बसौँ र एउटा निष्कर्षमा पुगौँ भन्नुभयो’, मन्त्रीले भने, ‘मलमा जुन समस्या आएका छन्, ठूलो समस्या त छैनन् तर कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने विषयमा छलफल भयो । फर्टिलाइजरका विषयमा आगामी दिनमा समस्या नआउने गरी निष्कर्षमा पुग्दैछौँ ।’

टिप्पणीहरू