हाँसीहाँसी राजीनामा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राजीनामा दिएका हुन् ।
संसदमा बोल्न समय मागेपछि उनले राजीनामा घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानी अनुसन्धान गर्न गठित विशेष छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्याउँदै प्रतिवेदन तयार पारेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले समेत राजीनामा दिन निर्देशन दिएपछि उनी तयार भएको बताइन्छ ।
कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहे पनि नैतिक जिम्मेवारीको आधारमा मात्रै राजीनामा दिएको खतिवडाले बताए । संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीवोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’
टिप्पणीहरू