शिक्षा विधेयकविरुद्ध सडकमा ओर्लने चेतावनी

शिक्षा विधेयकविरुद्ध सडकमा ओर्लने चेतावनी सांकेतिक तस्विर

विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै निजि स्कुल संचालकहरूले आन्दोलन घोषणा गरेका छन् । 

निजी विद्यालयसम्बद्ध प्याब्सन, एन प्याब्सन, नेशनल प्याब्सन र हिसानले आज संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकका केही व्यवस्था संशोधन नगरे साउन २९ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

विधेयकमा प्रस्तावित 'निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ' भन्ने वाक्यांश हटाउनुपर्ने उनीहरुको माग छ । त्यस्तै, हाल अभ्यासमा रहेको कूल विद्यार्थी संख्याको दश प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक पढाई शुल्क कायम गर्नुपर्ने माग गरिएको छ ।
 
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यदि साउन २८ गतेभित्र हाम्रा मागहरु सम्बोधन गरी विधेयकमा संशोधन नगरिए आगामी साउन २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुनेछौं ।’
 

टिप्पणीहरू