शर्मिला वाइबा फेरि पक्राउ
आफूलाई सामाजिक अभियन्ता दावी गर्ने शर्मिला वाइबा समातिएकी छन् । प्रहरीले उनलाई पोखराबाट नियन्त्रणमा लिएको हो ।
वाइबाकै साथीले प्रहरीको साइबर ब्युरोमा उनीविरुद्ध जाहेरी दिएको बताइन्छ । उक्त जाहेरीको आधारमा ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर खोजी थालेकोमा आज पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।
थप अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीले वाइबालाई काठमाडौँ पठाएको छ ।
यसअघि ०८० चैतमा पनि वाइबा अभद्र व्यवहार र विद्युतीय काराेबारकाे कसुरमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनी ३५ हजार धरौटी बुझाएर थुनामुक्त भएकी थिइन् ।
टिप्पणीहरू