हङकङमा डेढ सय वर्ष यताकै भीषण वर्षा

हङकङमा डेढ सय वर्ष यताकै भीषण वर्षा

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सन् १८८४ यता भीषण वर्षा भएको छ । आज दिउँसोसम्म पछिल्लो केही घण्टामा ३५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।

हङकङ मौसम विभागका अनुसार सन् १८८४ यता अगष्ट महिनामा भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको रेकर्ड हो ।

अत्यधिक वर्षाले शहरको जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँका अस्पताल, विद्यालय, सरकारी कार्यालयका सेवा बन्द गरिएको छ । प्रतिघण्टा ७० मिलिमिटरभन्दा बढी पानी परिरहेको हङकङमा यस्तो अवस्था आगामी केही घण्टा कायम रहने बताइएको छ ।

टिप्पणीहरू