कर्सा"बहरुको जागिर तीन वर्ष थपियो

कर्सा"बहरुको जागिर तीन वर्ष थपियो

जंगी अड्डाको सिफारिसमा चार सैनिक अधिकृतको पदावधि थपिएको छ । ‘सैनिक ऐन, २०६३’ दफा १७ को उपदफा (२) (अनुसूची ४) अनुसार पहिलो पाँच वर्ष पदावधि समाप्त हुने मितिबाट तीन वर्षका लागि सेवा कायम हुनेगरी उनीहरुको दोस्रो पदावधि थप गरिएको हो । 

पदावधि थपिनेमा श्री मध्य पृतना हेडक्वार्टर दरबन्दी भई युएनएमआईएसएस साउथ सुडान चण्डीप्रसाद गण एफआरबी (शा.से) ११औं  डफ्फाको गणपति नियुक्तिमा कार्यरत प्रमुख सेनानी मनोज कार्की छन् । 

त्यस्तै, श्री नं.२६ बाहिनी अड्डाका प्रमुख सेनानी बालमुकुन्द थापा,श्री सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी फणिन्द्र थापा र श्री पूर्वी पृतना हेडक्वार्टर दरबन्दी भई युएनएमआईएसएस साउथ सुडान श्रीनाथ गण (शा.से) एनआईबी १३ औं डफ्फाको गणपति नियुक्तिमा कार्यरत सुरेश देवकोटा छन् । उनीहरुको पदावधि आउँदो साउन ३१ गते सकिँदै थियो ।

टिप्पणीहरू