रूसमा पाँचाै ठूलाे भूकम्प, १२ देशमा सुनामीकाे खतरा

रूसमा पाँचाै ठूलाे भूकम्प, १२ देशमा सुनामीकाे खतरा

रुसको पूर्वी टटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार आज बिहान पाँच बजेतिर ८.८ रेक्टर स्केलको भूकम्प गएको हो । 

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र विन्दु जमीनभन्दा १९.३ किलोमिटर मुनि रहेको छ । भूकम्प जानेबेलामा त्यहाँका तटीय क्षेत्रमा चार मिटर लामो सुनामी समेत आएको थियो । 

भूकम्पका कारण सयौँ घरमा क्षति पुगेको छ, मानवीय क्षतिको विवरण भने आइसकेको छैन । उक्त भूकम्पको कारण जापानमा समेत सुनामी आएको बताइएको छ । 

मेरिका र चीनसहित १२ देशले अहिले तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन् । सामुद्रिक किनारामा बस्ने नागरिकलाई तत्काल अन्यत्रै जान भनिएको छ । 

रूसकाे उक्त भूकम्पलाई विश्वकाे पाँचाै ठूलाे भूकम्प मानिएकाे छ ।
 

टिप्पणीहरू