तीन महिनाका लागि मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा

तीन महिनाका लागि मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा

सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यो निणर्य गरेको हो । 

प्रदेशका आठ वटै जिल्लामा पर्याप्त वर्षा नभएको र पानीका मुहानहरु पनि सुक्दै गएपछि मधेश सरकारले संकटग्रस्त क्षेत्र घोषणाको प्रस्ताव संघीय सरकारलाई पठाएको थियो । सोही बमोजिम सरकारले राजपत्रमा सूचना निकालेर संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरको हो । 

मधेशमा हालसम्म ४६ प्रतिशत मात्रै रोपाइँ भएको र यसले मुलुकको अर्थतन्त्रमा ठूलो असर गर्ने प्रदेश सरकारकाे अध्ययन छ ।

टिप्पणीहरू