माओवादी नेताहरु सिटी सेन्टरमा

माओवादी नेताहरु सिटी सेन्टरमा

नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरु चलचित्र ‘महाभोज’ हेर्न सिटी सेन्टर पुगेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्तलगायतका नेताहरु ५ बजेको शो हेर्न सिनेमा हल पुगेका हुन् । 

त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि सिटी सेन्टर पुग्नुभएको छ । पार्टीका जनवर्गीय संगठनका नेताहरु पनि फिल्म हेर्न त्यहाँ गएका छन् । दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङलगायतले अभिनव गरेको उक्त चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

टिप्पणीहरू