नेपालमा पहिलो पटक ‘हरर मूभी फेस्टिभल’
नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोविनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।
नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत् यस्ता विधाका चलचित्रलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको उनको भनाइ छ । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने पाठकको विश्वास छ ।
महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को सह–आयोजनामा हुन लागेको हो । नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्र प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको र यी विधामा दर्शक बढाउन मद्दत गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ । जसअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गरिने छ । यसका लागि चलचित्रहरुको आवेदन पनि खुल्ला गरिएको पाठकले बताए ।
टिप्पणीहरू