पोखरेलले सम्हाले प्राधिकरणको कार्यभार

पोखरेलले सम्हाले प्राधिकरणको कार्यभार

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उनलाई आज उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पद तथा गोपनियताको सपथ गराएका हुन् । 

नेपाली कांग्रेसका कोटाबाट प्राधिकरणको अध्यक्ष बनेका शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि स्वतः निलम्बनमा परेसँगै हिजो साँझ बालुवाटारमा बसेको क्याविनेट बैठकले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई उक्त पदमा लैजाने निर्णय गरेको थियो । प्राधिकरणको अध्यक्षकै हैसियतमा काम गर्नेगरी जिम्मेवारी पाएका पोखरेलले आज पदभार ग्रहण गरिसकेका छन् । 

उता, ओझाविरुद्ध सर्वोच्च अदालत र अख्तियारमा परेको उजुरीउपर गम्भीर अनुसन्धान भइरहेको अवस्थामा पनि सरकारले जाँचबुझ समिति गठन गरेको छ । हिजोको क्याविनेटले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको हो । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेको बताइन्छ ।

टिप्पणीहरू