स्पेन प्रकरण अनुसन्धान गर्न विशेष समिति

स्पेन प्रकरण अनुसन्धान गर्न विशेष समिति

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा नेपालबाट गएका केही व्यक्ति उतै लुकेर बसेको घटना अनुसन्धान गर्न प्रहरीले विशेष समिति बनाएको छ । 

प्रहरी हेडक्वाटरले सिआइबी र मानव बेचविखन अनुसन्धान ब्युरोलाई छानविनको जिम्मा दिनेगरी समिति गठन गरेको हो । सिआईबीका एसएसपी होविन्द्र बोगटीले नेतृत्व गर्ने सात सदस्यीय समितिमा एसपी र डिएसपीहरु सदस्य छन् । 

संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १४ गते स्पेन गएको थियो । त्यतिबेला सोही कार्यक्रममा सहभागी गराउने भन्दै केही आईएनजिओहरूले नक्कली कागजात बनाएर असम्बन्धित व्यक्तिलाई पनि पठाएको खुलेको छ । 

प्रधानमन्त्री सहभागी कार्यक्रममा पुगेका व्यक्तिहरू नेपाल नफर्केको खुलेपछि यसबारे छानविन गर्न माग गर्दै सडकदेखि सामाजिक सञ्जाल र संसदसम्म कुरा उठेको थियो । चौतर्फी दबाबपछि गृहमन्त्री रमेश लखेकले हिजो गृहसचिव गोकर्णमणि दुवाडी र आईजिपी दीपक थापालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएबमोजिम प्रहरीले विशेष समिति गठन गरेको हो ।
 

टिप्पणीहरू