कहिँ नभएको जात्रा मधेशमा

कहिँ नभएको जात्रा मधेशमा

मधेश सरकारको बजेट पुस्तिका (रेडबुक) दुईथरी भेटिएपछि प्रदेश सभामा खैलाबैला मच्चिएको छ । प्रतिपक्षीसहित सत्तापक्ष दलकै सांसदहरुले ‘कहीँ नभएको जात्रा मधेशमा चलिरहेको’ भन्दै सरकारको विरोध गरेका हुन् । 

सांसदहरुलाई ४६१ पृष्ठको बजेट पुस्तिका वितरण गरिएको छ तर सरकारले तयार पारेको वास्तविक बजेट पुस्तिका भने ७५५ पृष्ठको रहेको बताइछ । सांसदहरुले सरकारलाई ‘२९४ वटा पृष्ठ खोई ?’ भन्दै प्रश्न गरेका हुन् ।

जनता समाजवादी पार्टी (नेपाल)का प्रदेश सभा सदस्य सरोजकुमार यादवले आठ हजार योजना लुकाइएको आरोप लगाए । सरकारले सांसदहरुलाई झुक्याएको भन्दै उनले सभामुख रामचन्द्र मण्डलमार्फत् अर्थमन्त्री सुनिल यादवको राजीनामा समेत मागेका छन् । 

त्यस्तै, सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उपेन्द्र महतोले पनि दुई प्रकारका बजेट पुस्तिका देखाउँदै सरकार बिचौलियाको इशारामा चलेको बताए । ‘प्रदेश सभा सदस्यहरुलाई वास्तविक बजेट पुस्तिका नदिएर किन अर्कैे बजेट पुस्तिका दिइयो ?’ उनको प्रश्न छ । 

दुईथरी बजेट पुस्तिकामा सरकारले स्पष्ट जवाफ नदिँदासम्म सभा अघि बढ्न नसक्ने भन्दै सांसदहरुले नाराबाजी गरेका हुन् ।

टिप्पणीहरू