मध्यरातमा श्रीमान खोजेकी महिलाको बिहान निधन
सांकेतिक तस्विर
झापामा पाँच महिलाको सामूहिक कुटपिटबाट एक महिलाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे क्याम्पस नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गरिमा राईको मृत्यु भएको छ ।
सुस्मिता भुसाल हिजो राति ११ बजेतिर ‘मेरो श्रीमान (रमेश भुसाल) खोई ?’ भन्दै गरिमाको कोठामा पुगेको बताइन्छ । आफ्नो श्रीमान गरिमाको कोठामा बस्दै आएको भन्दै सुस्मिताले आक्रमण गर्ने उद्देश्यसहित अन्य महिला पनि सँगै लगेको बताइएको छ ।
सुस्मितासहित मैया श्रेष्ठ, बबिता विक, मेनुका पाँचकोटी, नर्बदा सुन्दासले गरिमामाथि सामुहिक आक्रमण गरेर घाइते बनाएको र आज बिहान उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । उनका अनुसार घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
टिप्पणीहरू