प्रधानमन्त्रीको सचिवालयद्वारा स्पेन जानेहरुको नाम सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले स्पेन भ्रमणमा गएको सरकारी प्रतिनिधिमण्डलको नाम सार्वजनिक गरेको छ।
भ्रमण दलका केही सदस्य नेपाल नफर्किएको भन्दै संसदमै प्रश्न उठेपछि प्रमको सचिवालयले नाम बाहिर ल्याएको हो । त्यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेन गएका केही व्यक्ति अझै नेपाल नफर्केको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणकाे सन्दर्भ औँल्याउँदै उनले भनेकी थिइन्,‘स्वयं प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा सहभागी हुन जानुभएका केही व्यक्तिहरु अझै नफर्किएको भन्ने छ, यो गम्भीर विषय हो ।’
लगत्तै प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा २८ जना सहभागी थिए । बजगाईले ‘नफर्किएको को रहेछ ?’ भन्दै सांसद गौतमलाई प्रतिप्रश्न गरेका छन् ।

टिप्पणीहरू