मतदाता नामावली दर्ता स्थगन

मतदाता नामावली दर्ता स्थगन

निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गर्न लागेको छ ।

भोलिदेखि मतदाता नामावली दर्ता कार्य स्थगन हुने आयोगले जनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को रिक्त प्रतिनिधि सभा सदस्य पदमा आउँदो कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय पश्चात् मतदाता नामावली दर्ता कार्य स्थगित गर्न लागिएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नमावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रुपमा निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली दर्तासम्बन्धी कार्य मिति २०८२–०३–१७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको जानकारी गराइन्छ ।’

यो पनि ..रुपन्देही–३ को उपनिर्वाचन कात्तिक १७ गते

टिप्पणीहरू