बोल्नुअघि हेक्का राख्न महासचिवको चेतावनीयुक्त आग्रह

बोल्नुअघि हेक्का राख्न महासचिवको चेतावनीयुक्त आग्रह

नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको मुद्दामा जथाभावी नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज एक सर्कुलर जारी गर्दै पार्टीको आधिकारिक धारणासँग भिन्न विचार राख्दै जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।

‘परिस्थितिलाई कसरी सामना गर्ने भनेर आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ, तसर्थ पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ’, सर्कुलरमा भनिएको छ, ‘पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’

नेतृ रामकुमारी झाक्रीले पार्टी निकट युवाहरुको लुम्बिनी प्रदेशस्तरीय भेलामा उग्र टिप्पणी गरेकी थिइन् । ‘पार्टीमा यतिबेला ठूलो संकट आएको छ, अध्यक्षमाथि नै संकट छ, पार्टीका अन्य पदाधिकारी र सदस्यमाथि नै संकट आयो’, उनले भनेकी थिइन्, ‘पार्टीलाई पुर्नगठन गरौँ, अर्ली महाधिवेशनबाट अध्यक्ष बनाऔँ, अब यसरी काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

झाँक्रीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कार्यकर्ताहरुले चर्को विरोध गरेको पाइन्छ ।


 

टिप्पणीहरू