अस्पतालको ढुकुटीमा आँखा लगाउनेहरु अख्तियारको फन्दामा

अस्पतालको ढुकुटीमा आँखा लगाउनेहरु अख्तियारको फन्दामा

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी भ्रष्टाचारमा तानिएका छन् ।

अस्पतालको राजस्व रकम हिनामिना गरेको आरोपमा उनीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा चलाइएकामा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ अस्पतालमा कार्यरत तत्कालिन करार कम्प्युटर अपरेटर तृप्ती शाही र अस्पतालस्थित कुमारी बैंकको तत्कालिन एक्सटेन्सन काउण्टर इन्चार्ज गोमा सिंजाली मगर रहेकी छन् ।

उनीहरुको आपसी मिलेमतोमा २०८० साउन १ गतेदेखि ०८१ साउन ३२ गतेसम्म संकलन भएको ३४ लाख ३ हजार ८५६ रुपैयाँ राजस्वमध्ये आठ लाख ३६ हजार ३३० रुपैयाँ मात्र अस्पतालको खातामा जम्मा गरेर बाँकी रकम हिनामिना गरिएको अख्तियारको ठहर छ । 

अख्तियारद्धारा दायर अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुमाथि कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।
 

टिप्पणीहरू