थुनछेक बहस नसकिएपछि अमलाको मुद्दा हेर्दाहेर्दैमा
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा हेर्दाहेर्दै परेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा आज थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
यो मुद्दाको अर्को पेशी भोलिलाई तोकिएको छ । सुन तस्करी प्रकरणमा फरार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको थियो ।
रोल्पाको थवाङ गाउँपालिका–२ की उनीविरुद्ध अदालतले सन् २०२३ सेप्टेम्बर ६ मा अवैध सुन चोरी पैठारी र संगठित अपराध कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता फरार उनीविरुद्ध सन् २०२४ जनवरी १९ मा ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।
ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी उनी तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी हुन् । सुन तस्करीको आरोपमा दावा उतिबेलै पक्राउ परेपनि अमला भने फरार थिइन् ।
टिप्पणीहरू