पार्टी छाड्नेहरूका कुरा

पार्टी छाड्नेहरूका कुरा

‘वल्लो घरको नरे, पल्लो घर सर्दा बल्ड्याङ्ग लडे’ भनेजस्तो मूलधारका कम्युनिष्ट पार्टी चाहार्ने क्रममा पछिल्लो पटक एमाले महासचिव शंकर पोखरेलका दाङ जिल्लावासी गिरिराज केसीले पार्टी परित्याग गरेका छन् ।

ठूलै हल्लीखल्लीका साथ ८५ जनासहित एमाले छाडेका गिरीको रोजाइमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पर्ने देखिएको छ । परिभाषित जिम्मेवारी नदिइकन पेन्डुलम बनाएर राखेपछि एमाले परित्याग गर्न बाध्य भएको दावी स्रोतको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचनमा गिरीलाई शंकर पोखरेलले दाङ २ नम्बर निर्वाचन क्षेत्रको २ ख बाट प्रदेश सभा सदस्यमा टिकट दिए पनि पराजित हुन पुगेका थिए । गिरीले २०५४ सालको विभाजनताका वामदेव गौतम नेतृत्वको नेकपा (माले) लाई समातेका थिए । त्यसपछि माओवादी, किरण वैद्य नेतृत्वको माओवादी हुँदै पुनः एमालेमा प्रवेश गरे । अहिले आएर ८५ जनामध्ये एक जना पूर्व प्रदेश कमिटी सदस्य बलिराज रोकाले त्यसमा आफ्नो सहमति नभएको वयानबाजी गरिसकेका छन् ।

गिरीसँगै एमाले छोडेकाहरू भीम रावलसँग नजिक रहेको बताइन्छ । त्यसो त एमालेप्रति असन्तुष्ट देखिएको दंगालीको यो समूहलाई एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पनि आफ्नो पार्टीमा आए स्वागत गर्ने भनी कुराकानी चलाएका थिए । अर्कोतर्फ कोमल वलीले राष्ट्रिय सभाको सदस्य भए पनि आफ्नो गाउँ–ठाउँ शान्तिनगर गाउँपालिकामा अझै पहुँच जमाउन नसकेको बताइन्छ । उनलाई बाको वरिपरि घुम्ने गणेशका रूपमा स्थानीयले बुझ्दै आएका छन् । 
 

टिप्पणीहरू