‘बोइफ्रेण्ड छ तर बिहे गर्दिनँ’ भनेपछि घण्टीकी सांसद विवादमा

‘बोइफ्रेण्ड छ तर बिहे गर्दिनँ’ भनेपछि घण्टीकी सांसद विवादमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतको एउटा अभिव्यक्ति विवादमा तानिएको छ ।

‘मेरो ब्रोइफ्रेण्ड छ तर बिहेचाँहि गर्दिन’ भनेपछि उनी विवादमा मुछिएकी हुन् । उनले एक पोडकास्टमा अन्तरवार्ता दिँदै भनेकी छिन्,‘आई ह्याभ अ बोइफ्रेण्ड,हि इज भेरी नाइस बट मैले उहाँलाई भनेकी छु, आई डण्ट वाण्ट टु गेट म्यारिड ।’ त्यसैगरी,उनले विवाह नै नगरिकन बच्चा जन्माउने प्रसंग पनि निकालेकी छन् ।

सार्वजनिक व्यक्तित्व भएर ‘अराजक’ अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रभाकर दवाडीले लेखेका छन्,‘रास्वपाले त समाजलाई अराजकतातिर लान खोजिरहेको छ जस्तो लाग्यो ।’ भुवन कठायतले काँग्रेस र कम्युनिष्टले तीन दशकमा सकाएको देश रास्वपाले तीन वर्षमै तहसनहस बनाउने बताएका छन् ।

‘यस्तो विचार र चरित्र हुनेहरु देशको कानुन र नीतिनिर्माण गर्ने ठाउँमा बसेपछि सक्किगो नि । काँग्रेस, कम्युनिष्टले त देश सक्न झण्डै ३० वर्ष लगाए,तर यिनीहरुले तीन वर्षमै सक्छन्’,उनको भनाइ छ । माधव नेपालले जान्नेहरुको बाहुल्यता भएको पार्टीबाट सो किसिमको अभिव्यक्तिको आशा नगरिएको भन्दै मजाक उडाएका छन् । 

उनले भनेका छन्,‘नेपाली समाज रुपान्तरण गर्न अघि बढेकाहरुबाट यस्तो आशा गरिएको थिएन,हुन त उनको पर्सनल कुरा हो,जान्ने भएर नबोलेकै भए ठीक हुन्थ्यो, विनिता कठायत भनेको व्यक्ति हो, तर माननीय विनिता कठायत सार्वजनिक व्यक्तित्व हो, हुन त जान्नेहरुको बाहुल्यता नै भएको पार्टी हो रास्वपा...नारा नै जान्नेलाई छान्ने भन्ने छ ।’

टिप्पणीहरू