‘सरकार सुन दे’ भन्दै व्यवसायीहरु सडकमा

‘सरकार सुन दे’ भन्दै व्यवसायीहरु सडकमा

सुनचाँदीमा लगाइएको कर खारेजीको माग गर्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आयोजनामा आज काठमाडौंको न्यूरोडमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

व्यवसायीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्न माग गरेका छन् । सुनचाँदी कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति, नियमावली तथा निर्देशिका बनाउनुपर्ने उनीहरुको माग छ । 

प्रदर्शनकारीहरुले ‘हाम्रा कुरा सुन्दे’, ‘चाहिएजति सुन दे’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘सरकार सुन दे’, ‘उच्च कर हटाउ’, ‘व्यापार बचाउँ’ लगायतका प्लेकार्ड बोकेर चर्को नारा लगाएका छन् ।
 

टिप्पणीहरू