बलात्कार मुद्दामा चोखै,यौन दुर्व्यवहारमा दोषी

बलात्कार मुद्दामा चोखै,यौन दुर्व्यवहारमा दोषी

घरमा काम सघाउने युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भइ छुटिसकेका इञ्जिनियर हरिकुमार पोखरेलले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दावी नपुग्ने ठहर गर्दै उनलाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको हो ।

यद्यपि,उनी यौन दुर्व्यवहारको कसूरमा भने दोषी ठहर भएका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक पोखरेलले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै रामेछापकी आस्था बस्नेतले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । ‘स्टे अर्डर’ लिएर बसेका उनलाई प्रहरीले जाहेरी परेको लामो समयसम्म पक्राउ गर्न सकेन । 

बलात्कारको आरोप लागेको व्यक्तिलाई जोगाएको भन्दै चौतर्फी विरोध भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर २०८० साउन १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लियो । परिसरको टोलीले उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट समातेको थियो । गृह मन्त्रालयका तत्कालीन प्रवक्ता फणिन्द्रमणि पोखरेलको भाइ नाता पर्ने हरिविरुद्धको मुद्दा पटकपटक स्थगित र हेर्न नभ्याइनेमा पर्दै आएको थियो । 

गत शुक्रबार ४६ औं पटक पेशी चढेकोमा न्यायाधीश भुसालको इजलासले बलात्कार मुद्दामा दाबी नपुग्ने भन्दै यौन दुर्व्यवहारमा परिणत गरिदिएको हो ।

टिप्पणीहरू