माओवादी बस्यो, रास्वपा र राप्रपा जुरुक्क

माओवादी बस्यो, रास्वपा र राप्रपा जुरुक्क

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र सदन खुलाउन तयार भएपछि विपक्षीहरु दुई कित्तामा विभाजित भएका छन् । 

जारी प्रतिनिधिसभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदन खुलाउन तयार हुनुको पृष्ठभूमि र कारणबारे संक्षिप्त जानकारी गराए । हिजोसम्म सदनको कारवाही शुरु हुनासाथ जुरुक्क उठ्ने माओवादी सांसदहरु आज कुर्सीमै बसेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले भने अवरोध कायमै राखेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । यद्यपि उनीहरुको विरोधका बाबजुत बैठक चलिरहेको छ । अहिले गृहमन्त्री रमेश लेखकले जवाफ दिइरहेका छन् । 

यता, रास्वपाले माओवादीसँग तत्कालको लागि डिभोर्स (पारपाचुके) भएको बताएको छ । सांसद मनिष झाले माओवादी र सत्तापक्षबीच भएको दुई बुँदे सहमतिमा आफूहरु सहमत नभएको प्रष्ट पार्दै आगामी दिनमा मायाप्रीति जारी रहनेगरी अहिलेको लागि डिभोर्स भएको प्रतिक्रिया दिएका हुन् ।

टिप्पणीहरू