शीतल निवासमा राजदूतको बिदाई भेट

शीतल निवासमा राजदूतको बिदाई भेट

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्का हेइक्कासँग शिष्टाचार बिदाई भेट गर्नुभएको छ । 

आज शीतल निवासमा भएको भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत रिनालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिएकोमा धन्यवादसमेत व्यक्त गर्नुभयो ।

टिप्पणीहरू