जासुसहरुलाई स्वादिलो जागिर

जासुसहरुलाई स्वादिलो जागिर

‘लौ न सरकार, यस्तो जागिर हाम्रालाई पनि मिलादेऊ न !’ एक जना गुप्तचरले घरमैं बसीबसी जागिर पाएपछि यस्तो विनय राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अन्य गुप्तचरले गर्न थालेका छन् । यस्ता भाग्यमानी हुन् उपराष्ट्रपति कार्यालयमा दरबन्दी भएकी नायव निरीक्षक (सई) संगीता भट्टराई । इलाम फिक्कलकी भट्टराईले यस्तो छुट भने श्रीमान् गुप्तचरकै एसपी टेकराज तिम्सिनाका कारण पाएका हुन् । उनी भक्तपुरमा कार्यरत छन् ।

तिम्सिना अहिलेका गुप्तचर प्रमुख हुतराज थापाका प्यारा हुन् । थापा भदौमा भुपु भएपछि हुनेवाला प्रमुखले पनि तिम्सिनालाई अहिलेदेखि नै च्याप्न थालेको अनुभूत भैरहेको छ । ओलीको सुशासन यही हो त ? तिम्सिनाले दुई कार्यकाल भक्तपुरमै हाकिमगिरी जमाइसके । आउँदो दिनमा पनि त्यहीं बस्न चाहन्छन् जसका कारण अन्यको सरुवा पनि प्रभावित भएको छ । 

.....देख्नेलाई लाज ? 

‘जे हुन्छ नेपालको गुप्तचर कार्यालयमै हुन्छ’ हिमाली जिल्ला संखुवासभा र ताप्लेजुङमा कार्यरत गुप्तचर कार्यालय हेरेपछि यस्तो कुरा पत्यार गर्नै पर्ने भएको छ । डिएसपीको दरबन्दी भएका यी दुवै ठाउँमा ४–५ महिनादेखि एसपीहरूले अड्डा जमाएर बसेका छन् । संखुवासभामा उमेश पाण्डे र ताप्लेजुङमा सञ्जय मण्डल छन् । पाण्डे बढुवा भई कोशी प्रदेश कार्यालय धरान र मण्डल मधेस प्रदेशको सिरहामा दरबन्दी भए पनि डिएसपीकै दरबन्दीमा रमाइरहेका छन् ।

यी दुवैको असार मसान्तसम्मको बजेटमा हात फेर्ने मनशाय र त्यसरी हात परेको बजेटमा हाकिमहरूको पनि मुख मिठ्याउनु पर्ने भएकाले डिएसपीहरू नखटाइएको दावी स्रोतको छ । भनिन्छ, जागिर अवधि छोटो भएका प्रमुख थापाले गृहसचिवलाई नटेरेको अवस्था छ भने मुख्य सचिवलाई जुत्ता उपहार दिएर चुप लगाउने गरिएको छ । थापालाई दिल्लीमा तैनाथ राजन उप्रेतीले उपहारस्वरूप जुत्ता दिएका थिए । त्यही जुत्ता मुख्य सचिवलाई गुप्तचर प्रमुख थापाले लगिदिएको चर्चा छ । उप्रेती अहिले राष्ट्रिय सुरक्षा परिषद्मा छन् । 

पहुँच बढाउनको लागि केही महिनाअघि कोशी प्रदेश प्रमुख इन्द्रसिंह लामा र लुम्बिनीका रामप्रसाद दास काठमाडौं आई प्रधानमन्त्री ओलीलाई भेट्न चाहेका थिए । प्रधानमन्त्रीले समय नदिएपछि दास भेटै नगरी फर्के भने लामाले बालुवाटारमा रहेका एसपी लक्ष्मी पौडेलमार्पmत् भेटघाटको तारतम्य मिलाएको दावी स्रोतको छ । 

 

टिप्पणीहरू