राजा फर्काउन बसपार्कमा कोणसभा
राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले ललितपुरको लगनखेलमा प्रदर्शन गरेको छ ।
राप्रपा, राप्रपा नेपाल, नवराज सुवेदीको जनआन्दोलन समितिजस्ता ठूला पार्टी र संगठनले आन्दोलन धान्न नसकिरहेका बेला 'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज अपराह्न लगनखेल बसपार्कस्थित खरीको बोट छेउमा राजावादीहरुले कोणसभा गरेका हुन् ।
समाजका अध्यक्ष चन्द्रबहादुर रामदासको नेतृत्वमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी मल्ल, महासचिव ध्रुव गुरुङ, अचिव ज्ञानबहादुर थिङलगायत तीन दर्जनको उपस्थिति थियो ।
राजतन्त्रको पक्षमा वकालत गर्ने यो समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।
टिप्पणीहरू