संसद खुलाउन तीन दलको छुट्टै छलफल

संसद खुलाउन तीन दलको छुट्टै छलफल

प्रतिनिधिसभाको जारी गत्यावरोध अन्त्यका लागि प्रमुख दलका नेताहरु आज पनि छलफलमा जुटेका छन् । आज प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको छुट्टै बैठक बस्ने तयारी छ ।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकप्रति नरम देखिएको माओवादीसँग सत्तारुढ नेपाली कांग्रेस र एमालेका नेताहरूले छलफल गर्न लागेका हुन् । माओवादी केन्द्रले प्रस्ताव गरेको २ बुँदेमा टेकेर सहमति जुटाउने प्रयासस्वरूप संसद भवन बानेश्वरमा छलफल गर्ने तय भएको छ । 

गृहमन्त्री लेखकको नाम जोडिएको भिजिट भिसा प्रकरण छानविनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा चल्न पाएको छैन । जेठ १५ गते बजेट बजेट पेस गर्न दिएका विपक्षीहरुले त्यसयता लगातार संसद अवरोध गरेपछि बजेटमाथिको छलफल प्रभावित भएको छ । यस्तोमा संसद्को गत्यावरोध खुलाउन दलहरुबीच केही दिनदेखि बाक्लोरुपमा विभिन्न पक्षीय छलफल चलिरहेको छ । 

मुख्यत: सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका नेताहरुले यो प्रकरणलाई किनारा लगाउन अग्रसरता लिएको देखिन्छ । तर, आफैँले ५ बुँदे प्रस्ताव अघि सरेको रास्वपा माओवादीको दुई बुँदेमा सहमत भएको छैन । जसका कारण आज पनि सहमति जुट्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् ।

तीन दलको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलसँग संवाद गर्दैछन् ।

टिप्पणीहरू