प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ । विपक्षीहरुको अवरोधका कारण बैठक शुरु भएको ६ मिनेटमै स्थगित गरिएको हो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएका विपक्षी दलका सांसदहरुले आज पनि बैठक शुरु भएलगत्तै कुर्सीबाट उठेर विरोध जनाएका थिए । सभा संचालनका लागि सभामुखले पटक-पटक आग्रह गरेपनि उनीहरुले नमानेपछि बैठक स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले आधा घण्टाभित्र सहमति खोज्न समय दिएको भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो । ‘हिजो र आजको छलफलमा दुवै पक्षका दलहरुबाट राम्रो संकेत आएको थियो, अहिले पनि दलका नेताहरुले सहमतिको प्रयास गरिरहेको खबर प्राप्त भएको छ, त्यसकारण यो बैठक आजै आधा घण्टापछि बस्नेगरी स्थगित भएको घोषणा गर्छु’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू