एसबिआई बैंक बन्यो एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्डको प्रमुख सदस्य

नेपाल एसबिआई बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्ड योजनाको प्रमुख सदस्य बनेको छ । एनसीएचएलको एनपीएस–नेशनल कार्ड स्विच एण्ड नेपलपे कार्डमा एसबिआई बैंक प्रमुख सदस्य रहनेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब एसबिआई बैंकले घरेलु कार्ड योजना, नेपलपे कार्ड जारी गर्न र प्राप्त गर्ने स्विचलाई एकीकृत गर्न सकिन्छ ।
विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकको देशभर एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू