म्यानपावर कम्पनीलाई असार १५ को म्याद
वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनी तथा तालिम प्रदायक संस्थाहरूलाई नियमानुसार नवीकरण हुन सार्वजनिक आह्वान गरिएको छ ।
वैदेशिक रोजगार विभागले आज सूचना निकालेर सूचीकृत म्यानपावर कम्पनी र श्रमिकलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थालाई कानूनबमोजिम आगामी असार १५ गतेभित्र नवीकरण गर्न भनेको हो ।
वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, ०६४ एवम् प्रचलित कानूनबमोजिम दर्ता भएका वैदेशिक रोजगारसम्बन्धी काम गर्ने संस्था, तिनका शाखा कार्यालय, अभिमुखीकरण तालिम प्रदायक संस्था, केयर गिभर, घरेलु कामदारसम्बन्धी सीप विकास तथा विदेश जाने श्रमिकलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरुलाई इजाजतपत्र नवीकरण गर्न भनिएको छ ।
‘देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत् तत् कानूनबमोजिम तोकिएको समयावधिभित्र इजाजतपत्र–अनुमतिपत्र नवीकरण गर्नुहुन अनुरोध छ,’ विभागले भनेको छ । अन्यथा, कानूनबमोजिम भइजाने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू