अर्का कमरेड कारागारतिर

अर्का कमरेड कारागारतिर

उद्योग तथा व्यवसायीको हितका निम्ति एमालेले खडा गरेको कमिटीका काठमाडाैँ इञ्चार्ज कृष्ण अर्याल दिगो पर्यटन सहकारी संस्थाको रकम ठगीमा डिल्लीबजार कारागार चलान भएका छन् । उनलाई सोह्रखुट्टे प्रहरीले बिहिबार पक्राउ हो । उनले आफैं सञ्चालक समितिमा भएको बेला उक्त सहकारीबाट २०७४ साल ज्येष्ठ ३० गते ११ लाख ५० हजार रूपैयाँ ऋण लिएका थिए । 

बचतकर्ताको रकम फिर्ता नगरेपछि सहकारी संस्थाले उनीविरुद्ध २०७९ पुस ४ गते काठमाडाैँ जिल्ला अदालतमा ठगी मुद्दा दायर गर्‍यो । अदालतले २०८० साल असार २७ गते ऋण रकम भुक्तानी गर्न आदेश दियो । तर आदेश पालना भएन । १० लाख र १२ लाखको चेक दिए तर पैसा थिएन ।

किस्ताबन्दीमा रकम तिर्नसमेत इन्कार गर्दै आए । यसैबीच, खातामा पैसा नभएको चेकका कारण वाक्क दिक्क भई सहकारीले फेरि अदालत गुहा¥यो । अर्याल एमाले पेशागत विशेष प्रदेश कमिटीका सदस्य, पर्यटन विभागका सदस्य र पर्यटन बोर्डका सदस्य थिए । 
 

टिप्पणीहरू