बाहिर देखिने र भित्र भेटिने रुप अनेक

बाहिर देखिने र भित्र भेटिने रुप अनेक ओस्कार वाइल्ड र वाल्ट ह्विटमैन ।

एहे कप्तान ! मेरा कप्तान ! हाम्रो डरलाग्दो यात्रा सकियो, 
जहाजले हरेक आँधीलाई थेग्यो, हामीले खोजेको लक्ष्य भेटियो, 

बन्दरगाह नजिकियो, म घण्टाको आवाज सुन्छु, मान्छे सबै आनन्दले चिच्याइरहेका छन् । 
मेरा आँखा दृढ जहाजको आधार खेद्दैछन्, 
जहाज साहसी र गम्भीर छ, 
तर एहे मुटु ! मुटु मुटु !!
एहे राताराता रगतका थोपा, 
जहाजमा त मेरा कप्तान पल्टिएका छन्, 
मृत र चिसै भएर । 
एहे कप्तान ! मेरा कप्तान ! उठ र घण्टाको आवाज सुन, 
उठ, तिम्रै लागि झण्डाफर्पmराउँदो छ, तिम्रैलागि बिगुल बज्दो छ, 
तिम्रै लागि फूलका गुच्छा र मालाहरू, तिम्रै लागि किनार घुइँचो छ 
तिम्रैनिम्ति ती बोलाउँदा छन्, लाम लागेका जनता, उनीहरूका उत्सुक अनुहारहरू उचालिँदा छन् .... । 

सन् १८६५ को अप्रिलमा अब्राहम लिंकनको हत्यापश्चात् उनलाई समर्पित गर्दै लेखिएको अमेरिकी कवि वाल्ट ह्विटमैनको कविता हो यो । अति लोकप्रिय राष्ट्रपति लिंकनको हत्यामा सबै अमेरिकी शोकमग्न थिए । लिंकन उनका प्रशंसक थिए । ह्विटमैन पनि लिंकनलाई असल राजनीतिज्ञ मान्दथे । ह्विटमैन कवि त थिए नै निबन्धकार र पत्रकार पनि थिए । उनको कविता संग्रह ‘घाँसका पातहरू’ लाई उनकै समयकालमा विवादित र लैँगिक विषयको भएकाले अभद्र मानिएको थियो । यो कविता संग्रह संसारका प्रायः सबै प्रमुख भाषामा अनुदित छ । यसलाई विश्वसाहित्यको अमूल्य निधिमध्ये एक मानिन्छ । अमेरिकी साहित्यमा उनी आज पनि प्रभावशाली कवि मानिन्छन्, ‘फादर अफ फ्रि भर्स’ भनेर पनि चिनिन्छन् । ह्विटमैन प्रगतिवादी कवि हुन्, अमेरिकी जनतन्त्रका कट्टर समर्थक । 

ह्विटमैनको निधन ७२ वर्षको उमेरमा सन् १८९२ मा भयो, आजीवन अविवाहित रहे । यद्यपि, शारीरिक सम्बन्ध श्रमिक वर्गका युवा फ्रेड भौगान, पिटर डोयल, ह्यारी स्टाफोर्ड, बिल डकेटहरूसित राख्ने गरे ! यिनीहरूमध्ये कसैसित सम्बन्ध निकै छोटो समयको लागि मात्र रह्यो भने कसैसित वर्षौंसम्म चल्यो । पुरुष प्रेमिकालाई लेखिएका उनका धेरै कामुक प्रेमपत्र सार्वजनिक छन् । यस अर्थमा भन्न सकिन्छ उनी एक समलिंगी लेखक थिए । अब्राहम लिंकनको हत्या भएको वर्ष आइपुग्दा नपुग्दै लोकपृयताको शिखरमा पुगिसकेका थिए । सर्वश्रेष्ठ मानिएको उनको कृति ‘घाँसका पातहरू’ १० वर्षपूर्व सन् १८५५ मै प्रकाशित भइसकेको थियो भने त्यसबेलासम्ममा उनीद्वारा लिखित कथा, उपन्यास, कविता र अनगिन्ती लेखहरू बजारमा उपलब्ध  थियो । 

सन् १८६५ मा ४५ वर्षको हुँदा उनको भेट २१ वर्षका लक्का जवान पिटर डोयलसित भयो, वासिङटनमा । ह्विट्मैन एक कुशल लेखक र प्रखर युनियनवादी पनि थिए ! तर डोयल निरक्षर अनि सडकमा गुड्ने लोकल गाडीको खलासी । यसको बावजुद उनीहरूबिचमा उमेर, जीवनस्तर, शिक्षा केही पनि पर्खाल बनेर उभिएन, पति/पत्नीसरह ‘महान साथी’ बने जुन सम्बन्ध ह्विट्मैनको मृत्यु नभएसम्मै चल्यो । पछि डोयलले ह्वैटमैनसित भेटको स्मरण यसरी गरे– ‘पछिल्ला वर्षहरूमा तपाईंहरूले चिन्नुभएको ह्विटमैनभन्दा त्यतिबेलाको ह्विटमैनमा ठूलो भिन्नता थियो ! तपाईंहरू पत्याउनुहुन्न । उहाँ एक खेलाडी हुनुहुन्थ्यो– महान खेलाडी । म उहाँको भारत्तोलन, दौड, हिँडाइमा सँगै जान्थें । तपाईंहरू सोध्नुहुन्छ मैले उहाँलाई पहिलो पटक कहाँ भेटेको थिएँ ? यो एउटा जिज्ञासु कथा हो । हामीले एकैचोटि एकअर्कालाई महसुस ग¥यो । म एक कण्डक्टर थिएँ । त्यो रात ठूलो आँधीबेहरी चलेको थियो । उहाँले कम्बल ओढ्नु भएको थियो । एक्लै हुनुहुन्थ्यो, त्यसैले मैले सोचेँ कि भित्र गएर कुरा गरूँ । मभित्रको कुनै न कुनै कुराले मलाई त्यसो गर्न लगायो र उहाँभित्रको कुनै न कुनै कुराले मलाई त्यसरी तान्यो । हामी एकैछिनमा परिचित भयौं – मैले उहाँको घुँडामा हात राखें – हामीले एकर्काको भाव बुझ्यौं ।’ 

ह्विटमैनको अर्का विख्यात कवि, लेखक, नाटककार ओस्कार वाइल्डसितको ‘सम्बन्ध’ विशेष चर्चाको विषय बन्यो । वाइल्ड आयरल्याण्डका थिए । अंग्रेजी साहित्यमा विलियम शेक्सपियरपछि सर्वाधिक चर्चा वाइल्डकै हुने गर्छ । उनको लेखनले विश्वमा तहल्का मच्चाएको थियो । उनी कवि त थिए नै एक संबेदशिल मानव पनि थिए । विश्व साहित्यमा वाइल्ड पनि समलिंगी साहित्यकारको रूपमा चिनिन्छन् । त्यसो त उनी विषमलिंगी थिए अर्थात् विपरीतलिंगीप्रति नै आकर्षित हुने व्यक्ति । बिहे पनि गरे ! पत्नी कोन्स्टायन्स लियोड हुन् । उनीहरूका दुई छोरा छन् । यसबाहेक फ्लोरी बल्कोम्बे, अभिनेत्री लिली लाङत्री लगायत स्त्रीसित सम्बन्ध राखे तर रोबर्ट रोस, अल्फ्रेड टेलर, अल्फ्रेड डगलसलगायतका पुरुषसित पनि सम्बन्ध बनाए । डगलस त सबैभन्दा पृय थिए । डगलसले हाकाहाकी वाइल्ड र उनले यौन सम्बन्ध राख्ने गरेको स्वीकारेका थिए । उनको समलिंगी यौन सम्बन्धबारे २०७२ पुस ३० गतेको जनआस्थामा प्रकाशित छ । 

वाइल्ड ह्विटमैनको लेखन र व्यक्तित्व दुबैबाट प्रभावित थिए । त्यसैले जव साहित्यमा सौन्दर्यवादबारे व्याख्यान गर्न अमेरिका बोलाइयो कुदिहाले । त्यसो त उनी ४ महिना लामो यात्राको कार्यक्रम बनाएर उत्तरी अमेरिका पुगेका थिए तर बसे पुरै १ वर्ष । वाइल्डले ह्विटमैनको रचना सानैदेखि पढ्न थालेका थिए । ‘घाँसका पातहरू’ पनि सानैमा पढेका थिए । साहित्यजगतका उदयिमान कवि वाइल्डले त्यहाँ पुगेपछि ह्विटमैनसित भेट्ने इच्छा जाहेर गरे ! उनको आग्रहमा वाइल्डका एकजना प्रकाशक जोन मार्शल स्टोडार्टले सन् १८८२ को जनवरीमा भेटको चाँजोपाँजो मिलाइदिए । पहिलो भेट फिलाडेल्फियास्थित ह्विटमैनका भाइको घरमा भयो । ह्विटमैनलाई पनि वाइल्डको कविता मनपथ्र्यो । तर, शुरुमा, ह्विटम्यानले भेट्न चाहेनन् । सायद वाइल्डलाई तुच्छ ठानेका थिए, वा सायद उनी कसैलाई स्वागत गर्ने मुडमा थिएनन्, किनभने त्यसबेला उनको स्वास्थ्य बिग्रँदै जान थालेको थियो । तर पछि मनस्थिति बदले वाइल्ड र स्टोडार्ट दुबैलाई भाइको घरमा बोलाए । साँझको समय थियो । पहिलो हेराइमै ६२ वर्षका बुढो ह्विटमैन २७ वर्षको तन्नेरी वाइल्डको व्यक्तित्व र वलिष्ठ शरीरबाट प्रभावित नभई बस्न सकेनन् । पहिलो हेराइमै कामुक आँखा जुध्यो, हात मिलाए, पुराना साथीसरह अँगालो हाले । ह्विटमैनले ‘ओस्कार’ भनेर संबोधन गरे ! जवाफमा वाइल्डले तल बसेर ह्विटमैनको घुँडा सुम्सुम्याउँदै भने ‘मलाई यो साह्रो मन पर्छ ।’

सँगै बसिरहेका स्टोडार्टले दुबैको भाव बुझिहाले । उनलाई ह्विटमैन र वाइल्ड दुबैको यौन चाहनाबारे राम्रो ज्ञान थियो । उनीहरूले उनको उपस्थितिको परवाह नगरी जिस्कन थाले । वाइल्डले ह्विटमैनको लेखन र यौन जीवनलाई लिएर आलोचना गर्नेहरूको खुलेर आलोचना गरे ! साथै दुबैले सुन्दर पुरुषहरूको तारिफ गर्न थाले । स्टाडोर्टले अप्ठेरो महसुस गरे र आधा घण्टामा फर्कन्छु भनी निस्कन खोजे तर ह्विटमैनले ३ घण्टा अगाडी नफर्कनु भने । स्टाडोर्ट हिँडेपछि ह्विटमैनले रक्सीको बोतल निकाले अनि बोटल बोकेर दुबैजना तेश्रो तलाको कोठामा गए । साहित्यका समालोचकहरू पहिलो भेट्मै उनीहरूले शारीरिक सम्पर्क राखेको दावी गर्छन् । अझ वाइल्डका आलोचकहरू त ह्विटमैनसित शारीरिक सम्बन्ध राख्ने मनशायले नै वाइल्ड अमेरिका गएको दाबी गर्छन् । उनीहरू फेरि मेमा फेरि भेटिए । ह्विटमैनको निधनपछि उनलाई सम्झँदै वाइल्डले ‘उनको चुम्बन अझै मेरो ओंठमा छ’ भन्ने गरेकोले पनि उनीहरूको सम्बन्ध छर्लंग हुन्छ । ह्विटमैनको सन् १८९२ मा र वाइल्डको निधन सन् १९०० मा भयो । ह्विटमैन जीवनको अन्तिम समयतिर भन्ने गर्थे – ‘मृत्यु पनि जीवनजत्तिकै महान् छ । जिउँदा मान्छे आफ्नै समयको लागि सुत्छन्, मृतक पनि आफ्नै समयका लागि सुत्छन् । मृतकले त्यति नै गर्छन् जति जिउँदो मानिसले प्रगति गर्छन् ।’

टिप्पणीहरू